३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रामेछापमा बोलेरो दुर्घटना हुँदा बालिकाको मृत्यु


0
Shares

रामेछाप, मंसिर ४ । रामेछाप जिल्लाको सुनापति गाउँपालीकाको वडा नं १ मा बिहीबार दिउँसो बोलेरो दुर्घटना हुँदा एकजना बालिकाको घटनास्थलमैै मृत्यु भएकोे छ ।

दोरम्बाको गुन्साल बाट राजधानी काठमाडौं आउँदै गरेको बा १० च ५५९८ नंम्बरको बोलेरो सुनापति ४ को बेलडाँडामा आइपुग्दा दुर्घटना भएको हो ।

दुर्गम सडक र तिव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।

बलेरो सडक बाट करिब २० मीटर तल खसेको थियो ।

दुर्घटनामा सुनापति १ गुन्साल घर भएकी १२ बर्षिया सुजता श्रेष्ठको ज्यान गएको छ भने वोलेरोमा सवार अन्य ५ जना घाईते भएका छन् ।

घाईतेहरुलाई स्थानिय स्वास्थ केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौ पठाइएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनभयो ।