
विराटनगर, मंसिर ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् ।
निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म सङ्क्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ ।
प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्