
तस्विर फाइल
बारा, मंसिर ५ । एउटै कम्पनीको मात्र उडान भरीरहेको सिमरा बिमास्थलमा विभिन्न एयरलाईन्सले सेवा बिस्तार गरे पछि भाडादर ५० प्रतिशत सस्तो भएको छ ।
एयरलाईन्स कम्पनी बीचको प्रतिस्पर्धाका कारण भाडादर सस्तो भए पछि सर्वसधारणले साना तथा भाडाका सवारी छाडेर बिमानको यात्रा गर्न थालेकाछन् ।
दैनीक ५ सय बढि यात्रु ओहरदोहर गर्ने बिमानस्थलमा बुद्ध एयर, श्री र यति एयरलाईन्सले यात्रुलाई सेवा दिदै आएका छन् ।
हाल सिमरा–काठमाडौ १५ सय रुपैया भाडा रहेको छ ।
चाडबाडमा भने दुई हजार रुपैयाँ थियो ।
चाडबाड अगाडि सिमरा काठमाडौं एकतर्फी भाडा ३ हजार २ सय ५० रुपैयाँ रहेको थियो ।
उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले बिमान भाडा सस्तो हँुदा पर्यटन व्यवसाय लगायतका सबै क्षेत्रमा उत्साह बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्