
बैतडी, मंसिर ५ । बैतडीमा ११ वटा गाई एकै ठाउँ मृत अवस्थामा फेला परेका छन् ।
पुर्चौंडी नगरपालिकास्थित खानेपानीको मुहानमा ११ वटा गाई मरेको अवस्थामा फेला परेका हुन् ।
सिंगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मूहानमा गाई मृत अवस्थामा भेटिएका हुन् ।
खानेपानीको मूहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिकाको मुडेलीका ८० घरपरिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको छ ।
गाउँमा आउने खानेपानीको मूहानमा गाई मरेका भेटिएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले बताउनुभयो ।
गाई कसरी मरे वा मारेर फालिएको हो भन्ने सम्बन्धमा स्थानीय प्रशासनले खोजी गरिरहेको छ ।
गाईको हत्या गरेर फालेको भए कानुन अनुसार कार्वाही हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्