१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भत्ता कटौती नगर्न भूतपूर्व गोर्खा सैनिकको आग्रह


0
Shares

काठमाडौं, मंसिर ५ । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले आफुहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलसमक्ष शुक्रबार ज्ञापन पत्र बुझाउँदै नागरिक अधिकार स्वरुप पाउँदै आएको भत्ता कटौती नगर्न अनुरोध गरेका हुन् ।

भारत, बेलाय, सिंगापुर लगायतका देशमा दशकौं जीवनको उर्वर समय विताएर देशको अर्थतन्त्र उकास्न गरेको योगदानको सम्मान गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले अन्य किसिमको सरकारी सुविधा पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्थाका कारण ब्रिटिश गोर्खाहरुको समेत भत्ता कटौति भएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।

सरकारले गत असार १७ गते दोहोरो सेवा सुविधा लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो ।

यो निर्णयबाट भुपु गोर्खा सैनिकहरुले पाउँदै आएको समाजिक सुरक्षा भत्ता कटौति भएको थियो ।