१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा ४४७ जना संक्रमित डिस्चार्ज


0
Shares

विराटनगर, मंसिर ५ । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७ कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ ।

प्रदेशमा सोही अवधिमा ७७४ जनाको पिसिआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन/तीन इलाम र धनकुटामा दुई÷दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ ।

प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।