१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भेडेटारमा स्काईवाक बन्ने


0
Shares

तेह्रथुम, मंसिर ७ । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने भएको छ ।

प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काईवाक निर्माण हुने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच भेडेटार स्काईवाक परियोजना निर्माण तथा सञ्चालनबारे समmभदारीपत्रमा हस्ताक्षर भएको हो ।

भेडेटारको पुर्वाधार विकासको लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरंगले स्काईवाक निर्माण गर्ने भएको छ ।

भेडेटारको चाल्र्स भ्यूटावरमा निर्माण हुने स्काईवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना हुने र योसंगै पर्यटकीय गतिबिधी बढ्ने होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले विश्वास व्यक्त गर्नुभयो ।