१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल गुटको भेला पोखरामा


0
Shares

पोखरा, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले जिल्ला स्तरमा पनि गुटगत भेलालाई तीब्रता दिन थालेका छन् ।

यसै क्रममा नेकपामा नेता माधवकुमार नेपालको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा गुटगत भेला भएको छ ।

भेलामा नेपाल निकटका सुरेन्द्र पाण्डेसँगै करिब ३५ जना प्रदेश तथा जिल्लास्तरका कार्यकर्ताहरु उपस्थित रहेको स्रोतले जनाएको छ ।

भेलामा ओली पक्षका कार्यकर्ताहरुलाई प्रवेश दिइएको छैन ।

भेलाको समन्वय नेकपा केन्द्रीय सदस्य तथा पूर्व समानुपातिक सांसद चुडामणि जंगलीले गर्नुभएको हो ।

भेलामा युवा संघका केन्द्रीय नेता पूर्ण लामा, नेकपा कास्कीका नेता ओम नेपाली, अनेरास्ववियूका पूर्व उपाध्यक्ष सोभियत ढकाल लगायतको उपस्थिति छ ।

चितवनमा हिजो मन्तव्य राख्ने क्रममा मदन भण्डारी फाउण्डेसनको विषयमा बोल्दै गर्दा पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रमस्थलमा अवरोध गरेका थिए ।

सो घटना पोखरामा समेत दोहोरिन सक्नेतर्फ सचेत रहँदै भेलास्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।