
काठमाडौं, मंसिर ७ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ४ वटा निजी प्रयोगशालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रिपोर्ट नेगेटिभ आएको नमूना १ महिना र पोजेटिभ आएको स्वाबको नमुना ४ महिना भण्डारण गरेर राख्नु पर्ने नियम पालना नगरेको भन्दै स्पष्टिकरण मागेको जानकारी दिनुभयो ।
नियम पालना नगर्ने स्टार अस्पताल, ह्याम्पस अस्पताल,सूर्य हेल्थकेयर र सेन्ट्रल डायग्नोष्टिक ल्याबरोटरीसँग स्पष्टिकरण सोधिएको हो ।
यस्तै मन्त्रालयले विदेशबाट आउनेहरुलाई १४ दिन क्वारेन्टीमा राख्ने व्यवस्था गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले कोभिड १९ परीक्षण गर्दा इन्क्लुसिभ रिपोर्ट आए पोजेटिभ मान्यता दिन प्रयोगशालाहरुलाई निर्देशन दिएको बताउनुभयो ।
यस्तै विदेश यात्राका लागि कोरोना परीक्षण गर्दा व्यक्तिको पहिचानका गर्न बायोमेट्रिक प्रणाली लागु गर्न प्रयोयशालाहरुलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले कोरोना परीक्षणका व्यक्तिको परिचयपत्र अनिवार्य गर्न पनि प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्