१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेसबुक र ट्विटरले अमेरिकी राष्ट्रपतिको अकाउन्ट बाइडेनलाई हस्तान्तरण गर्ने


0
Shares

एजेन्सी, मंसिर ८ । सामाजिक सन्जाल ट्विटर र फेसबुकले अमेरिकी राष्ट्रपतिको अकाउन्ट आगामी जनवरी २० देखि नै जो बाइडेनको प्रशासनलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

दुवै प्लेटफर्ममा @POTUS अकाउन्ट अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । सो अकाउन्ट ट्विटर र फेसबुकमा भएको डोनाल्ड ट्रम्पको व्यक्तिगत अकाउन्टभन्दा फरक हो ।

तर ट्रम्पले चाहिँ प्रायः आफ्नै व्यक्तिगत अकाउन्टबाट पोस्ट गर्नुहुन्छ । जसरी २०१७ मा गरिएको थियो, त्यसरी नै ह्वाइट हाउसको संस्थागत अकाउन्ट सुम्पिन सम्पूर्ण तयारी गरिरहेको ट्वीटरले रोयटर्ससँग भनेको छ ।

रिपोर्टअनुसार @POTUS अकाउन्ट हस्तान्तरण गर्दा यसमा बाहिरिने ट्रम्पको टोली र भित्रिने बाइडेन टिमबीच कुनै जानकारी आदानप्रदान हुन आवश्यक पर्ने छैन । यही विषयमा ट्विटरले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका बाइडेन र ह्यारिससँग पनि छलफल गर्ने बताएको छ ।

नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेट उम्मेदवार बाइडेन राष्ट्रपतिमा निर्वाचित भए पनि बहालवाला राष्ट्रपति ट्रम्पले हार स्वीकार्नु भएको छैन र अदालतमा मुद्दा हालिरहनुभएको छ ।

अमेरिकी संविधान र परम्पराअनुसार ३ नोभेम्बरको निर्वाचनबाट चुनिएका राष्ट्रपतिले नयाँ वर्षको जनवरी २० का दिन कार्यभार सम्हाल्ने गर्दछन् ।