१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटाका युवा किबी खेतीतर्फ आकर्षित


0
Shares

धनकुटा, मंसिर ८ । धनकुटाका युवाहरु किबी खेतीतर्फ आकर्षित भएका छन् ।

निर्वाहमुखी खेतीलाई व्यावसायीक बनाउदै उनीहरु नगदेबालीको रुपमा रहेको किबी खेतीतर्फ आकर्षित भएका हुन् ।

स्थानीय महालक्ष्मी नगरपालिका–२ का यूवाहरुले करिब एक करोड रुपैयाको लागतमा किबीको व्यावसायीक खेती गरेका छन् ।

वैदेशिक रोजगारी गुमेपछि स्थानीय रामकाजी रोगु, दुर्गामणी पौडेललगायतका युवाहरुले संयुक्त रुपमा किबीको व्यवसायिक खेती गरेका हुन् ।

माझखर्क, हिलेखर्क, तोरीवारी,मुलखर्क, श्रीनागीलगायत केहि क्षेत्रका किसानले २ सय ५० रोपनी भन्दा बढि क्षेत्रफलमा लगाइएका बोटबाट आम्दानी समेत लिन थालेका छन् ।

यस क्षेत्रलाई किवि उत्पादनका लागि चिनाउने र युवाहरुलाई कृषिमा आकर्षित गर्ने उनीहरुको लक्ष्य छ ।