१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बनझाक्री पार्क अब सुन्दर पार्क


0
Shares

धनकुटा, मंसिर ९ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर– ६ र ७ को सिमानामा रहेको वनझाँक्री पार्कलाई नगरपालिकाले सौन्र्दय पार्कको रुपमा विकास गर्ने भएको छ ।

प्रदेश सरकारअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यलयको २ करोड ८३ लाख ७९ हजार रुपैयाको लगानीमा पार्क निर्माण गर्न लागिएको हो ।

पार्कमा वनझाँक्रीको मूर्ति, करिब ११ सय खुड्किला रहेको रेलिङ्गसहतिको सिँढी, विश्रामस्थलगायतका संरचना निर्माण गरिँदै छ ।

यस क्षेत्रबाट विश्वकै होचो अरुण उपत्यका, विभिन्न हिमश्रृखला देख्न सकिन्छ ।

पार्क निर्माण भएसंगै आन्तरिक तथा वाह्य पर्यटक पुग्ने विश्वास गरिएको छ ।