१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा १७९० जना संक्रमित, २७९१ जना डिस्चार्ज, २४ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ९ । पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको छ ।

पछिलो २४ घण्टामा १० हजार ८४३ नमुना पिसिआर परिक्षण गरिएको छ ।

हाल देशभर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।