१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोरोनाको खोेप आउने बित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने छन्’


0
Shares

काठमाडौं, मंसिर ९ । सरकारले कोरोनाविरुद्धको खोप प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको जनाएको छ ।

विश्व प्रति-जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका जनताका लागि उपलब्ध हुने वित्तिकै खोप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो ।

उहाँले खोपको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले अहिले परीक्षणका क्रममा रहेका खोपहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको बताउनुभयो ।

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताउनुभयो ।

तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताउनुभयो