१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ग्लोबल आइएमई बैँकका गार्डलाई खुकुरी प्रहार गर्ने एकजना पक्राउ


0
Shares

काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई बुधबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौं थापागाउँका शशि थापालाई बुधबार अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले बैँकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।