
काठमाडौं, मंसिर १० । चालु आर्थिक वर्षको ३ महिनामा विप्रेषण आप्रवाह साढें १२ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको महिनासम्ममा विप्रेषण आप्रवाह १२ दशमलब ६ प्रतिशतले वृद्धि भई २ खर्ब ५८ अर्ब पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स ५ दशमलब १ प्रतिशतले घटेको थियो ।
यस्तै यसै अवधिमा मुद्रास्फिती ३ दशमलब ७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै महिनामा मुद्रास्फीति ६ दशमलब २१ प्रतिशत रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा तरकारी उपसमूको मूल्य भने २३ प्रतिशत बढी र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि करिब १४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समग्रमा मुद्रास्फिती नियन्त्रणमा रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो ।
यसै यस अवधिमा चालु खाता ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्