६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेप्से हालसम्मकै उच्च, १९ सय माथी पुग्यो


0
Shares

काठमाडौं, मंसिर ११ । शेयरबजार परिसूचकले बिहीबार ऐतिहासिक उचाइ कायम गरेको छ ।

नेप्से हालसम्मकै उच्च १९ सय माथी पुगेको हो ।

यस अघिको ऐतिहासिक उचाइ बिन्दु १८ सय ८१ लाई पार गर्दै नेप्से १९ सय अंकभन्दा माथि पुगेको हो ।

४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते नेप्सेले १ हजार ८ सय ८१ अंकको रेकर्ड कायम गरेको थियो ।

बिहीबार कारोबार शुरु भएको केही मिनेट मै निरन्तर उकालो लागेर नेप्से १९ सय १५ पुगेको थियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से यतिखेर करिब २ बजेसम्म ३२ अंकले उकालो लागेर १९ सय ७ कायम भएको छ ।

उत्पादनमूलक, वाणिज्य बैंक, अन्य लगायतका समूहका सूचकमा उच्च बृद्धि भएको छ ।