१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुमका अवरुद्ध सडक सञ्चालनमा


0
Shares

तेह्रथुम, मंसिर १२ । बार्षाका कारण लामो समयदेखि अवरुद्ध तेह्रथुमका सडकमा यातायात सञ्चालनमा आएका छन् ।

बर्षाका कारण अवरुद्ध भएपछि लामो समयसम्म मर्मत नगरीएका सडकहरु स्थानीय निकायले मर्मत गरेपछि सञ्चालनमा आएका हुन् ।

यातायात सञ्चालनमा नआउँदा बिरामीलाई बोकेर स्वास्थ्य केन्द्र पुर्‍याउन एवं किसानले उत्पादन गरेका फलफुल तथा तरकारी बिक्री गर्न समस्या थियो ।

सडक मर्मत भए सँगै स्थानीयका लामो समयदेखिको समस्या समाधान भएका छन् ।

छथर गाउँपालिकाको पहलमा सडक मर्मतलाई तिव्रता दिइएको हो ।

पानीले सडक बगाउँदा ४ महिना यता ग्रामिण क्षेत्र र गाउँपालिकाको केन्द्रमा सवारी साधन चल्न सकेका थिएनन् ।