
काठमाडौं, मंसिर १२ । पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।
हाल देशभर १७ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जना संक्रमण थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् ।
पछिलो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६० जनाको पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्