
बारा, मंसिर १२ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले सञ्चालनमा आउन लागेको बाराको पथलैयास्थिता प्रदेशस्तरिय ट्रमा अस्पतालको शुक्रबार निरिक्षण गर्नु भएको छ ।
संघीय सरकारले आगामी मंसिर १५ गते देशैभरका प्रदेश तथा स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रम तय गरेको छ ।
यसै अनुसार प्रदेश दुई सरकारले बाराको झिटकैयामा सरुवा रोग अस्पताल र पथलैयामा ट्रमा अस्पताल संचालन गर्ने निर्णय गरेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्री रावतले ट्रमा अस्पतालका लागि उपयुक्त स्थान भएकोले संघीय सरकारको समन्वयमा चाँडै नमूना अस्पताल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वाधार निर्माण गर्न पथलैया ट्रमा अस्पतालका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
अस्पताल संचालनपछि राजमार्गमा हुने दुर्घटनाका घाइतेले समयमै उपचार पाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्