
काठमाडौं, मंसिर १२ । कक्षा १२ को परीक्षामा कोरोना संक्रमितलाई छुट्टै व्यवस्था गरिने भए पनि कति विद्यार्थी कोरोना संक्रमित छन् भन्ने खुलिसकेको छैन ।
अब कोरोना संक्रमित विद्यार्थीहरुले आफू कोरोना संक्रमित भएको र पुनः परीक्षाको लागि विद्यालयमा निवेदन दिनुपर्ने छ ।
साथै राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमित विद्यार्थीको सूची पठाउन विद्यालयहरुलाई परिपत्र गर्नेछ ।
देशभरका विद्यालयबाट सूची प्राप्त भएपछि मात्र कति विद्यार्थीमा कोरोना संक्रमण रहेको खुल्ने छ ।
विद्यार्थीको संख्या एकिन भइसकेपछि बोर्डले नयाँ परीक्षाको लागि तालिका प्रकाशन गर्ने छ ।
मंसिर ९ गतेदेखि जारी परीक्षामा लाख ३३ हजार विद्यार्थीसहभागी छन् भने ४ हजार १ सय ५ परीक्षा केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्