
काठमाडौं, मंसिर १४ । कोरोना महामारीका कारण देशभर रगत अभाव देखिएसंगै नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले देशव्यापी रक्तदान अभियान सञ्चालन गरिरहेको छ ।
अभियान अन्तर्गत विभागले आइतबार काठमाडौंको गोठाटारमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।
खेलकुद विभाग एंव रक्तदान अभियानका संयोजक मोहनबहादुर बस्नेतले जनस्वास्थ्यको सवालमा सरकार उदासिन भईरहेको अवस्थामा बिरामीले रगत अभावकै कारण ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले अभियान सञ्चालन गरेको बताउनुभयो ।
यसअघि विभागले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, बाँकेको नेपालगञ्ज लगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिसकेको छ भने झापा, सुर्खेत लगायतका अन्य स्थानमा पनि अभियान सञ्चालन गर्ने तयारी छ ।
रक्तदान अभियान देशका विभिन्न जिल्लामा मंसिर १५ गतेसम्म चल्ने विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्