
यज्ञराज पाण्डे (इोज)
काठमाडौं, मंसिर १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदनउपर नेताहरुका टीकाटिप्पणी सुरु भएका छन् ।
छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै खेमामा एकअर्कालाई गलाउने रणनीति सुरु भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लिखित रुपमै राजनीतिक प्रस्तावका नाममा चलेका आरोप–प्रत्यारोपले अध्यक्षद्वयका कार्यशैलीलाई पार्टीपङ्क्तिमै उजागर गरेको छ ।
पार्टी विधानअनुसार अध्यक्षद्वयको सहमतिमा प्रस्तावहरु पेश गर्नुपर्ने प्रावधान भए पनि दाहालबाट आएको एकतर्फी ‘आरोपत्र’ले पार्टीलाई विग्रहमा पु¥याएको भन्दै ओलीपक्षले उक्त प्रस्ताव फिर्ता नलिए एकता नै समाप्त हुने चेतावनी दिएको छ ।
दाहालले आफ्नो प्रस्तावलाई राजनीतिक प्रतिवेदनका रुपमा तल्ला कमिटीसम्मै ‘सर्कुलेट’ गरेकोमा त्यसको भत्र्सना गर्दै जवाफीपत्रमा ओलीले भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्किनुको विकल्प नभएको बताउनु भएको छ ।
दाहालको प्रस्तावले एकताको सहमति नै भँग गरेको बताउँदै प्रधानमन्त्रीमाथि लगाइएका लाञ्छना र आरोप फिर्ता लिनुको विकल्प नभएको ओली पक्षको अडान छ ।
त्यसो त प्रतिवेदन एक अर्काप्रति अरोप प्रत्यारोपको पुलिन्दाका रुपमा देखा परेको छ ।
प्रचण्डको प्रस्तावलाई काउन्टर दिँदै ओलीले पार्टीको अन्तरिम विधान, अन्तरपार्टी निर्देशनलाई प्रचण्डले उल्लङ्घन गरिएको आरोप लगाउनु भएको छ ।
यसअघि प्रचण्ड पक्षले ओलीद्वारा पार्टीको विधान, पद्धति, पूर्वसहमति उल्लङ्घन गर्दै आएको आरोप लगाएको थियो ।
अध्यक्षद्वयका प्रस्तावपत्रले पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक प्रश्नभन्दा व्यक्तिगत आरोपप्रत्यारोपमै केन्द्रीत भएकाले दुबै प्रतिवेदनलाई छलफलको विषय बनाइए पनि कमिटीबाटै साझा प्रस्तावको पक्षमा दाहाल–नेपाल पक्ष देखिएको छ ।
ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि दुबै प्रस्तावबारे आउँदो सचिवालय बैठकमा छलफल हुने भएको छ ।
बैठकपछि दुवै दस्ताबेजलाई कसरी अघि बढाइन्छ, त्यसैमा नेकपाको भविष्य निर्धारण हुनेछ ।
तर दुवै अध्यक्षका दस्ताबेजलाई मिलाएर दुवै सच्चिने गरी पार्टी एकतालाई जोगाइराख्नु पर्ने अधिकांश नेताहरूको दबाब छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्