१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सागको १ अर्ब ३१ करोडको खर्च विवरण सार्वजनिक


0
Shares

काठमाडौं, मंसिर १४ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आइतबार सार्वजनिक गरेको छ ।

प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख बराबर रुपैयाँ खर्च भएको छ ।

यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड बढी खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले बताउनुभयो ।

यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारका तर्फबाट २२ करोड ७६ लाख बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उहाँले बताउनुभयो ।

सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिएपनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताउनुभयो ।

फेरि कोभिड र सहभागि राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रहरुको ओलम्पिक कमिटिबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उहाँले बताउनुभयो ।

सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख बराबर रुपैयाँ बैंक मौज्दात रहेको छ ।

१ करोड ९३ लाख ८० हजार भने फ्रिज भएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख दिएको थियो ।

यस्तै टिकट विक्रिबाट २ करोड ६७ लाख, विज्ञापनबाट २० लाख ९९ हजार र सहभागि राष्ट्रहरुबाट ११ करोड २१ लाख प्राप्त भएको सिलवालले बताउनुभयो ।

साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, खर्च भएको विवराण राखेपले सार्वजनिक गरेको छ ।