१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृष्णनगरमा शंकास्पद अवस्थामा भेटियो एक महिलाको शव


0
Shares

कपिलवस्तु, मंसिर १७ । कृष्णनगर नगरपालिकामा शंकास्पद अवस्थामा एक महिलाको शब फेला परेको छ ।

नगरपालिकाको वडा ४ शिर्शिहवा गाउँको उत्तरतर्फ आपको बगैँचामा अन्दाजी २२ वर्षिय महिलाको शव फेला परेको हो ।

रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभयो ।

मंगलबार साँझ ६ बजेतिर शव भेटिएको र हालसम्म मृतकको पहिचान नखुलेको पौडेलले बताउनुभयो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।