
काठमाडौं, मंसिर १७ । शेयर बजारमा बुधबार पनि उछाल आउने क्रम जारी रह्यो ।
यस दिन पनि नेप्सेमा नयाँ उचाई कायम भयो ।
नेप्से ७० अंकले उकालो लागेर २ हजार ७१ बिन्दुको उचाईमा पुगेको हो ।
यो हालसम्मकै उच्च हो ।
कारोबार पनि उच्च नै साढैं ७ अर्ब बराबर भयो ।
यसदिन कारोबार भएका मध्ये व्यापार बाहेक अरु सबै समूह उकालो लागे ।
यसदिन १ सय १७ कम्पनीको शेयर मुल्य बढ्ला ४७ कम्पनीको शेयर मुल्य घट्यो ।
जीवन बिमा समुह सबैभन्दा उच्च ६ सय ८ अंकले उकालो लाग्दा उत्पादनमुलक समुह ३ सय ३ अंकले उकालो लाग्यो ।
निजीृबन बीमा समूह पनि २ सय ४४ र लघुवित्त समूह पनि २ सय ३२ अंकको बृद्धि आयो ।
अन्य समूह पनि १ सय ४० अंकले बढ्यो ।
होटल, विकास बैंक, जलविद्यत र लघुवित्त समुहमा दोहोरो अंकको सुधार आयो ।
व्यापार समुह भने १६ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय १ कम्पनीको १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ४६ करोड बढीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्