३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ


0
Shares

काठमाडौं, साउन २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिक ली निङसिङ हुन् ।

गए राति १०ः५० बजे क्याथी ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखी ल्याउँदै गरेको अवस्थामा ली पक्राउ परेका हुन् ।

विमानस्थल भन्सारले एक्सरे मेसिनमा चेक गर्दा शंकाष्पद देखिएपछि नियन्त्रणमा लिई सुनसहित लीलाई प्रहरीको जिम्मा लगाइएको छ ।