७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अग्नी नियन्त्रणसम्बन्धी अभिमुखीकरण तालिम


0
Shares

काठमाडौं, मंसिर २० । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

अतुल्य फाउण्डसेनले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा काठमाडौं स्वयम्भू प्रहरी प्रभागमा आगो नियन्त्रणका उपायबारे प्रहरीलाई अभिमुखीकरण तालिम दिएको हो ।

कार्यक्रममा आगो नियन्त्रणको विधि, व्यक्तिलाई लागेको आगो नियन्त्रणको उपाय र विभिन्न सामग्रीको प्रयोग गरेर आगो नियन्त्रण गर्ने उपायका बारेमा छलफल भएको छ ।

यस्तै दमकलको पँहुच नभएको स्थानमा वैकल्पिक उपकरणको प्रयोग गरेर आगो नियन्त्रण गर्नेबारे पनि छलफल भएको छ ।

यस्तै अग्नी नियन्त्रणको पूर्व तयारी र आफू सुरक्षित हुने उपायका बारेमा पनि छलफल भएको छ ।