१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकपा सचिवालय बैठक दिउँसो बस्दै


0
Shares

काठमाडौं, मंसिर २० । नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ ।

दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छ्ुट्टै राजनीतिक प्रस्ताव अघि सारेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको नयाँ विकल्पबारे छलफल नै नगरी तीन दिनअघि स्थगित गरिएको बैठकमा शनिबार छलफल हुन लागेको हो ।

दुवै अध्यक्षका प्रस्तावलाई मिलाएर विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागिपरेपनि शीर्ष नेताहरुको अडानका कारण अपेक्षाकृत परीणाम आउन सकेको छैन ।

यही मंसिर १७ गते बसेको सचिवालय बैठकपछि ओली र दाहालबीच औपचारिक संवाद नभएपनि ओलीले आफ्ना सहयोगीमार्फत दाहालसँग छलफल गरीरहनुभएको छ ।

उहाँले पार्टी एकताको मर्मअनुसार सहमतिमै दुवै अध्यक्षको मत आउनुपर्ने भन्दै दाहाललाई दवाव दिइरहनुभएको छ ।

यता दालल पक्षका नेताहरुले भने बैठकमा दुवै प्रस्ताव पेश भइसकेकाले छलफलबाटै निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन् ।

दाहालले प्रधानमन्त्री समस्या समाधानका लागि आफू सच्चिने भए बैठकमै उपस्थित भएर छलफल हुनुपर्ने अडान लिनुभएको छ ।