
काठमाडौं, मंसिर २० । बालाजु संरक्षण समितिले वितरण गर्दै आएको राहत अभियान १५६ औं हप्तामा सकिएको छ ।
बालाजु शिव मन्दिरमा हरेक शनिबार करिब १०० जनालाई निःशुल्क भोजन गराउँदै आएको छ ।
लकडाउनको समयमा करिब ३०० जनालाई ८५ दिनसम्म निरन्तर खाना खुवाएइएको थियो ।
१५६औं हप्तामा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री तथा जाडोमा आवश्यक पर्ने ज्याकेट वितरण गरेको छ ।
दाताहरुबाट सहयोग जुटाएर गरिँदै आएको कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने समितिले जनाएको छ ।
समितिले डम्पिङ साइडको रुपमा प्रयोग हुँदै आएको ठाँउमा बुद्ध शान्ति पार्क निर्माण गरेको छ ।
दुव्र्यसनीको अखडा बन्दै आएको शिव मन्दिर परिसरलाई जिर्णोद्धार पनि गरेको छ ।
खान खुवाउने अभियानमा असहाय तथा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्