२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपाको आन्तरिक किचलोले संसदको अधिवेशन बोलाउन ढिलाइ


0
Shares

काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेकपा भित्रको किचलोका कारण संसद अधिवेशन कहिले बस्ने अन्योल भइरहेका बेला संसदको अधिवेशन बस्ने अन्तराल तीन वर्षयताकै लामो हुने भएको छ ।

संविधानको धार ९३ ले संसदका दुईवटा अधिवेशनबीचको दूरी ६ महिनाभन्दा बढी हनु नहुने व्यवस्था गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

तर संसद अधिवेशन सुरु गर्नैपर्ने बाध्यात्मक समयसीमा नजिक आइसक्दा पनि सरकारले संसदको हिउँदे अधिवेशनको मिति तय गर्न सकेको छैन ।

गत वैशाखबाट सुरु भएको अधिवेशन असार १८ गते सकिएको थियो ।

त्यसैले अबको अधिवेशन आगामी पुस १७ गतेअघि नै बोलाउनुपर्छ ।

पाँच महिनादेखि संसद अधिवेशनविहीन हुँदा राज्यका तीनै अंगमध्ये व्यवस्थापिकाको कामकारवाहीमा प्रत्यक्ष असर परेको छ ।

संसदको अधिवेशन नहुँदा संसदीय समितिका कामकारवाही पनि प्रभावित भएका छन् ।

कोरोना महामारीका कारण संसदमा ५८ वटा विधेयक अघि नबढाएपछि सरकारले नयाा विधेयक पनि ल्याएन ।

यो अवधिमा कानुन मन्त्रालयले २५ वटा भन्दा बढी विधेयकमा सहमति दिइसकेको जनाएको छ ।