
GETTY IMAGES
काठमाडौं, मंसिर २० । चीनको दक्षिण पश्चिम चुङ्चिङस्थित एउटा कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको छ ।
पाँच जना मजदुर हराइरहेका छन् भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।
दुई महिनादेखि बन्द उक्त खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा कार्बनमोनोक्साइड ग्यास चुहिएको थियो ।
दुर्घटनाबारे छानबिन सुरु गरिसकेको अधिकारीहरुले जनाएका छन् ।
विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत हुने चीनमा सुरक्षासम्बन्धी नियम पालनामा लापरवाही हुंदा खानीमा दुर्घटनाहरू भइरहन्छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्