१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अबु बकर शेकाऊ यस्ता आतंकवादी, जसको टाउकाको मूल्य नै ७० लाख अमेरिकी डलर


0
Shares

boko haram abu bakar shekau and us

एजेन्सी । विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य तोकिएको छ । अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।

अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् ।

नाइजेरियाको ठूलो हिस्सा उनको कब्जामा छ, जहाँ उनकै आदेश शिरोपर हुन्छ । अमेरिकाले उनै अबू बकर शेकाऊको नाम मोस्ट वान्टेडको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर तोकेको हो ।

बोको हरामको मुखिया अबू बकर पछिल्ला केही बर्षदेखि नाइजेरियामा भइरहेको नरसंहारको जिम्मेवार हुन् । अबू बकर शेकाउको नाम मात्रै पाँच वटा छ । अबू बकर शेकाऊ उर्फ दारूल तौहीद, अबू बकर शिकवा, इमाम अबू बकर र शिकू उर्फ अबू मुहम्मद अबू बकर बिन मोहम्मद अल शकवी अल मुस्लिमी बिशक ।

अबू बकर शेकाऊ इस्लामिक अतिवादी संगठन आई.एस.आई.एसका प्रमुख अबू बकर अल बगदादी भन्दा दुई गुणा प्रभावशाली नेता मानिन्छन् । बगदादी जस्तै यिनको पनि नाइजेरिया र आसपासको देशलाई इस्लामिक स्टेट बनाउने सपना छ ।

अबू बकर नाइजेरियाको कमाण्डर बनेयता यिनको इशारामा बोको हराका लडाकुले पछिल्लो समय नाइजेरियाको अलग अलग शहरमा जारी राखेको हिंसामा हजारौं मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

हाल नाइजेरियाको उत्तर पूर्वका तीन राज्यमा उनको हुकुम चल्ने गरेको छ । त्यति मात्र होइन विश्वका आतंकवादी समूहका कमाण्डरहरुमा शेकाऊ छलकपट र भेष बदल्नमा माहिर मानिन्छन् ।

शेकाउले हालसम्म कुनै पनि लडाकुसँग सिधै कुराकानी गरेका छैनन् । लडाकुहरुसँग उनको कुराकानी वक्तब्यमार्फत् हुने गर्दछ । यिनै अबू बकरले अमेरिकाको चुनौती सामना गर्ने धम्की पनि दिएका छन् ।

को हो आतंकवादी समूह बोको हराम ?

बोको हरामको मुख्यालय हाल नाइजेरियाको उत्तरी पूर्वी शहर मैडुगुरीमा रहेको छ । यो संगठनको पूरा नाम जमाते एहली सुन्ना लिदावति वल जिहाद हो । बोको हरामले मुस्लिम समुदायको पश्चिमी समाजमा प्रचलित हरेक चलनको विरोध गर्दै आएको छ ।

त्यो चाहे चुनावमा भोट हाल्ने होस् वा कुनै व्यक्तिले सर्ट पाइन्ट लगाउने विषय उसले विरोध नै गरेको छ । धर्मनिरपेक्ष शिक्षा हासिल गर्नबाट पनि उसले बन्चित गर्ने गरेको छ ।

बोको हरामको उद्देश्य नाइजेरियाको सरकार ढालेर इस्लामिक राज्य स्थापित गर्नु रहेको छ । करिब बीस करोड जनसंख्या रहेको नाइजेरियामा मुस्लिम बहुल इलाकामा भने बोको हरामलाई समर्थन मिलेको छ ।

बोको हरामले खर्चको जो हो कसरी गर्छ, यस्को संगठनको आकार कज्ञो छ, प्रशिक्षित आतंकवादी संगठन कस्तो छ भन्ने जस्ता विषयमा विश्व जगत भने अझै बेखबर छ ।