१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहसंस्कारका लागि डिजेल प्लान्ट


0
Shares

धनकुटा, मंसिर २१ । दाह संस्कारका लागि काठ दाउरा पाउन छाडेपछि धनकुटाको मुलघाटमा डिजेल प्लान्ट संचालनको तयारी गरिएको छ ।

नजिकैका निजी तथा सामुदायीक वनहरुबाट दाहसंस्कार कर्मका लागि चाहिने काठ दाउरा उपलब्ध हुन छाडेपछि विकल्पको रुपमा मुलघाटमा शव जलाउन डिजेलबाट चल्ने आधुनिक भट्टी तयार पारिएको हो ।

डिजेल प्लान्टमा एउटा शव जलाउन अधिकतम ६ हजार रुपैयाँ तिर्नु पर्ने छ ।

मुलघाटमा विगत ४० वर्षदेखि विश्रान्ति मन्दिर व्यवस्थापन समितिले दाह संस्कारका लागि काठदाउराको बन्दोबस्त मिलाउँदै आएको छ ।