
काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको बैठक आगामी २८ गतेसम्मलाई स्थगित भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो ।
उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित गरिएको हो ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली भने सहभागि हुनुभएन ।
तर, ओलीले बैठकलाई सम्बोधन गरी पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाउनु भएको थियो ।
पत्रमा ओलीले पुरानै अडान दोहोर्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्नु भएको छ ।
आइतबारको बैठकमा मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्