
काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएको आरोप लगाउनुभएको छ ।
आइतबारदेखि शुरु भएको स्थायी समिटी बैठकमा छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गर्दै शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपाल मात्र राख्ने सरकारको निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको जिकीर गर्नुभएको हो ।
पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पेश गरेको विशेष प्रस्तावमा नेकपाको सरकार र गृह प्रशासनले यस्ता क्रियाकलापको रक्षा गरिरहेको आरोप समेत लगाइएको छ ।
शर्माले संघीयता पक्षधर सबै पार्टीका बीचमा छलफल राखी जनभावना अनुसार अघि बढ्न माग गर्नुभएको छ ।
शर्माले, कोभिड महामारीबारे तत्काल भ्याक्सिन ल्याएर कोरोना भाइरसबाट जनजीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिविधि सञ्चालन गर्न पनि माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्