
काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषाको पाठ्यपुस्तक तयार गरेको छ ।
महानगरपालिकाले कक्षा एकदेखि आठ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नापक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो ।
नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भए अनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो ।
यो पुस्तक महानगरपालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा पढाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताउनुभयो ।
महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय र ६ सय ४० वटा संस्थागत विद्यालयहरु रहेका छन् ।
यी सबै विद्यालयमा एक सय पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्