१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गायक जगतमर्दन थापाको निधन


0
Shares

काठमाडौं, मंसिर २२ । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ ।

उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो ।

८५ वर्षका थापालाई कोरोना सङ्क्रमण पनि देखिएको थियो ।

तर, कोरोनामुक्त भइसकेपछि उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो ।

लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

वि.स. १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आउनु भएको थियो ।

उहाँको नयाँ एल्बमको तयारी भइरहेको थियो ।

थापाका ‘भन लौ तिमी नढाँटी, आशाको दियो बालेर, माया लुकाइ लुक्दैन’ लगायतका चर्चित गीत छन् ।

उहाँको आजै अन्त्यष्टि गरिने जनाइएको छ ।