
उदयपुर, मंसिर २३ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा निर्माणाधिन कोभिड अस्पतालको निर्माणमा ढिलाई भएको छ ।
यहि कात्तिक १४ गते सम्पन्न गर्ने सम्झौता भए पनि समयमा अस्पताल निर्माण नुहँदा अन्योल बढेको छ ।
समयमै अस्पताल सम्पन्न नभएपछि स्थानीयले चाडो अस्पताल निर्माण सम्पन्न गर्न दबाब दिए पनि सुनुवाई भएको छैन् ।
स्विस सरकारको १ करोड ५० लाख रुपैया सहयोग र उदयपुर बिकास बोर्डको १ करोड ५० लाख रुपैया गरी ३ करोड रुपैयाँको लागतमा अस्पताल निर्माण भई रहको छ ।
अस्पताल भवन निर्माणको ठेक्का सुसन आदित्य रेग्मी जेबिले पाएको छ ।
प्रतिक्रिया दिनुहोस्