१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटा नगरपालिकाद्धारा युवाका लागि आर्थिक पुनरुत्थान कोष स्थापना


0
Shares

धनकुटा, मंसिर २४ । धनकुटा नगरपालिकाले दुई करोड ५० लाख रुपैयाँको पुनरुत्थान कोष सिर्जना गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्केका युवालाई लक्षित गरि आर्थिक पुनरुत्थान कार्यक्रम सुरु गरिएको हो ।

छोटो समयको रोजगारी चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेट्ने तथा लघु उद्यम गर्न चाहने युवालाई व्यवसायिक योजनाका आधारमा बीउ पूँजी अनुदान उपलब्ध गराउने नगर प्रमुख चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।

युवालाई व्यवसायिक योजनाका आधारमा न्यूनतम ३५ हजार रुपैयाँ दिन सुरु गरिएको छ ।