२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, मंसिर २४ । मंगलबार सामान्य गिरावट आएको शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो ।

उतारचढावका बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ५५ मा आई थामियो ।

यसदिन कारोबार भएका अधिकाशं समुहमा गिरावट आएसँगै नेप्सेमा पनि गिरावट आएको हो ।

यसदिन ३२ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३६ कम्पनीको शेयर मुल्य घट्यो ।

यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च २ सय ७० अंकको गिरावट आयो ।

निर्जिवन बिमा समुह पनि २ सय २५ अकंले ओरालो लाग्यो ।

व्यापार समूहमा ९९ अंक र उत्पादनमूलकमा पनि ९८ अंकको कमी आयो ।

वाणिज्य बैंक, होटल, विकास बैंक, लघुवित्त र अन्य समुह पनि दोहोरो अंकले ओरालो लागे ।

यस दिन मात्र जलविद्युत समूह २२ अंकले सकारात्मक रह्यो ।

यसदिन २ सय १ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ७४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।