१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हत्या-हिंसा नगर्न चन्द समूहलाई आयोगको आग्रह


0
Shares

काठमाडौं, मंसिर २४ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंका आधारमा पक्राउ गरी यातना दिने कार्य नगर्न नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ ।

मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याप्रति प्रेस विज्ञप्ति जारी गर्दे आयोगले बुधबार आफ्ना विचारहरूमा असहमति राख्नेप्रति असहिष्णु भई हत्याहिंसा नगर्न आग्रह गरेको हो ।

प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले विप्लव समूहलाई आग्रह गरेको छ ।

उक्त घटनामा संलग्न दोषीलाई कारबाही गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

मंगलबार बिहान मिक्लाजुङ गाउँपालिका १ मा सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठको घाँटी रेटी हत्या भएको थियो ।

विप्लव समूहका कार्यकर्ताले अपहरणपछि श्रेष्ठको हत्या गरेका थिए ।