१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संरक्षणको पखाइमा झरना


0
Shares

डडेल्धुरा, मंसिर २४ । डडेल्धुराको जिल्ला सदरमुकाम नजिकै रहेको प्राकृतिक झरना संरक्षण अभावमा ओझेलमा परेको छ ।

अमरगढी नगरपालिका वडा नं. ९ मा एउटै खोलामा रहेका लडेझरना र छहडे खोला झरना प्राकृतिक सौन्दर्य हुँदाहुँदै पनि पर्यटकका गन्तव्य बन्न नसक्दा बत्तीमुनिको अँध्योरो जस्तै भएको छ ।

जिल्ला सदरमुकामबाट १० किलोमिटरको दुरीमा रहेको छहडे खोलामा एकै खोलामा प्राकृतिक मनोरम दृश्य सहितका तिन वटा झरनाहरु संरक्षणको पर्खाईमा रहँदा पनि कुनै निकायको ध्यान नगएको स्थानीय बताउँछन् ।

एकै खोलामा तीन ठाँउमा रहेका झरनाको संरक्षण नहुँदा झरना भएको ठाँउमा रहेका तालहरु समेत पुरिदै जाँदा उचाइ घटेको स्थानीय बताउँछन ।

अमरगढी नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधी आएदेखी नगरक्षेत्र भित्रका पर्यटकीय क्षेत्रहरुलाई सुचिकृत गरि संरक्षण र संर्वद्धनका कार्यक्रम अगाडी बढाएको दाबी गर्दै आएको छ ।

तर यस्ता प्राकृतिक झरनाहरुको संरक्षण र प्रचार प्रसारका लागि ठोस योजना बनाउन सकेको देखिंदैन ।

झरनासम्म पुग्ने बाटो तथा आधारभूत आवश्यक पूर्वाधार निर्माण गरि संरक्षण र सम्वद्र्धनका साथै पिकनिक स्पटका रुपमा विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।