१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सातामा २ दिन बिदा दिन सिफारिस


0
Shares

काठमाडौं, मंसिर २५ । सातामा २ दिन बिदा दिन अध्ययन समितिले सिफारिस गरेको छ ।

पर्यटन मन्त्रालयले यस सम्बन्धी सुझाब दिन गठित कार्यदलले सातामा २ दिन बिदा दिन सिफारिस गरेको हो ।

सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समय अगाडि मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो ।

उक्त समितिले प्रतिवेदन बुझाउँदै विदा दिन सिफारिष गरेको हो ।

समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको विवरण सहित सातामा २ दिन बिदा दिन मिल्ने सुझाब दिएको हो ।

हप्तामा २ दिन बिदा दिँदा खर्च कटौतीदेखि प्रशासनिक खर्च कम हुने र कर्मचारीको कामको उत्पादकत्व भने बृद्धि हुने निष्कर्ष सहित प्रतिवेदन बुझाबएको छ ।