
काठमाडौं, मंसिर २५ । सरकारले प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्दै पदस्थापनसमेत गरेको छ ।
एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन लत्याउँदै सरकारले पोखरेललाई एआईजीमा बढुवा गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गरेको हो । पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन पनि गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पाललाई पठाइएको छ ।
पोखरेललाई एआईजी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गृहमन्त्री रामबहादुर थापा र गृह मन्त्रालयसमेतलाई थाहा नदिई मन्त्रिपरिषदबाट प्रस्ताव पारित गराएको मन्त्री थपाले बताएका थिए ।
यो बढुवासँगै पोखरेल भावी महानिरीक्षकको एकल दाबेदार पनि हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्