१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईरानले दियो सरकारविरोधी एक पत्रकारलाई फाँसी


0
Shares

Iran journalist capital punishment

एजेन्सी, मंसिर २७ । ईरानमा एक जना पत्रकारलाई फाँसी दिइएको छ । विरोध भड्काएको आरोपमा ईरानी सरकारले उनलाई फाँसी दिएको हो ।

एक म्यासेजिङ एपमार्फत् विरोध भड्काएको आरोपमा उनलाई फाँसीको सजायँ दिइएको हो । पत्रकार रुहोल्लाह जामलाई शनिबार फाँसी दिइएको ईरानी सरकारी सञ्चारमाध्यमले जनाएको हो ।

फ्रान्समा शरण लिएर बसिरहेका जाम कसरी गिरफ्तार भए भन्ने प्रष्ट भएको छैन । यद्यपि, गत वर्ष इराक गएको समयमा उनी पक्राउ परेको बताइएको छ ।

जामले अमादन्यूज नामक सरकार विरोधी एक लोकप्रिय फोरम चलाउने गर्दथे । ईरानले अमादन्यूजमाथि २०१७–०१८ को देशव्यापी विरोध प्रदर्शन भडकाएको आरोप लगाएको छ ।

१० लाखभन्दा बढी फलोअर रहेको अमादन्यूजले म्यासेजिङ एपमार्फत् विरोध प्रदर्शनका भिडियो र ईरानी अधिकारीहरुका बारेमा जानकारी सार्वजनिक गरेको थियो ।

ईरान सरकारले यस नेटवर्कको बन्द गरिदिएको थियो । तर पछि फेरि अर्कै नामबाट शुरु गरिएको थियो । उनीमाथि भ्रष्टाचार आरोप लगाइएको थियो ।

तर मानवाधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जामको मुद्दामा अनुचित सुनुवाई गर्दै जबरजस्ती अपराध स्वीकार्न लगाएको जनाएको थियो ।

फ्रान्सले जामलाई मृत्युदण्ड दिनु अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको जनाएको छ ।

सन् २००९ को विवादित राष्ट्रपति निर्वाचनपछि जामलाई ईरानमा कैद गरिएको थियो । तर पछि उनी फ्रान्समा शरण लिन सफल भएका थिए । उनलाई ईरानी रिभोल्यूशनरी गार्ड कार्पस्ले पक्रेको थियो ।