१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘तीनै तहको सरकार र नागरिक मिलेर भ्रष्टाचार अन्त्य गर्नुपर्छ’


0
Shares

पोखरा, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले तीनै तहका सरकार र नागरिक समाज मिलेर भ्रष्टाचारको अन्त्य गर्नु पर्ने बताउनु भएको छ ।

आयोगको पोखरामा नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले अख्तियार संघ, प्रदेश, स्थानीय तह र नागरिक समाजसँग भ्रष्टाचार नियन्त्रणमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सम्बन्धित निकायहरु जिम्मेवार र जवाफदेही भए विकास निर्माणका काम समयमै सम्पन्न हुने कार्यवाहक प्रमुख आयुक्त जोशीको भनाइ थियो ।

पोखरा महानगरपालिका– ६, मासबारस्थित ६ रोपनी जग्गामा फैलिएको भवन साढे २ वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो ।

यसअघि पोखरा– ९, नयाँबजारबाट आयोगको क्षेत्रीय कार्यालय संचालन हुँदै आएको थियो ।