२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपुरमा बढ्यो पर्यटकको चहलपहल


0
Shares

नवलपुर, मंसिर २८ । कोरोनाका कारण करिब नौ महिनासम्म थलिएका नवलपुरको पर्यटन व्यवसायमा चहलपहल सुरु भएको छ ।

आन्तरिक पर्यटकहरु बढ्न थालेपछि यहाँका पर्यटन व्यवसाय पनि खुल्न थालेका छन् ।

एक अर्बभन्दा बढी लगानीमा गरेका गैडाकोटदेखि दाउन्नेसम्मका पर्यटन व्यवसायीहरु कोरोनाका कारण घाटा बेहोरेका भए पनि पुनः पहिलेकै अवस्थामा आउने प्रयासमा छन् ।

आन्तरिक पर्यटकहरुका लागि विशेष छुटका साथ प्याकेजहरु प्रदान गर्दा पर्यटकहरुको आगमन बढेको र यसले व्यवसायमा पनि सुधार हुँदै गएको व्यवसायीहरुको भनाइ छ ।

मुख्य गरि टाइगर टप्स, थारु भिलेज, मच्यान, पार्क भ्यू, सिजी रिट्रिटलगायतका होटलहरु अर्बौको लगानीमा संञ्चालन छन् ।

देवचुली डाडाँ, मौलाकालिका मन्दिर, दाउन्ने मन्दिर र नारायणी नदी किनारमा चरा अवलोनसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र दुलर्भ वन्यजन्तु हेर्न पर्यटकहरु आउने गरेका छन् ।