
काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१८१ जनाको पिसिआर परीक्षण भएको छ ।
नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण भएको छ ।
प्रतिक्रिया दिनुहोस्