१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमण उकालो लागेपछि जर्मनीले पनि गर्ने भो पर्सीदेखि लकडाउन, क्रिसमस प्रभावित


0
Shares

Germany lockdown

काठमाडौं, मंसिर २९ । कोरोनाको संक्रमण झन् बढ्न थालेपछि जर्मनीले पर्सिदेखि देशमा लकडाउन गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमसको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन सरकारले जनाएको छ ।

बुधबारदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने छन् । लकडाउन जनवरी १० सम्म लागू हुने बीबीसीले जनाएको छ ।

चान्सलर एञ्जेला मर्केलले १६ राज्यमा अधिकारीहरुसँग छलफलपछि लकडाउनको घोषणा गर्नुभएको जनाइएको छ । यस समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा हुनेछन् । क्रिसमसको ट्रि बेच्ने पसललाई भने खोल्न दिइने बताइएको छ ।

जर्मनीमा अहिलेसम्म साढे १३ लाख व्यक्ति कोरोना संक्रमित हुँदा २२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।